राष्ट्रकवि घिमिरेद्वारा सम्मान प्रदान

Posted on: 26 Mar, 2017


चैत १३, काठमाडौँ । राष्ट्रकवि माधव घिमिरेले समाजसेवा, प्रशासनसेवा र न्यायसेवामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई शनिबार एक कार्यक्रमबीच सम्मान गर्नुभयो । 

मैनाली सेवा समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि घिमिरेले संस्कृतिविद् सत्यमोहन जोशी, निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र डा लक्ष्मीप्रसाद मैनालीलाई सम्मान गर्नुभएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!