'प्रिय झरी'

Posted on: 14 Aug, 2017

प्रतिक चन्द

प्रिय झरी नझरिदेउ

तिम्रो सितलतामा 

म रमाउन सक्दिन 

तिम्रो आगमनमा रमाउने 

मेरी मायालुको हात 

म समाउन सक्दिन !!

आमाले पकाको खोले खाई 

काधमा हलो बॊकि 

रुप्से र धौलेलाई साथमा लिदै 

जोत्न जादा आकासतिर फर्की 

तिम्रो प्रतीक्षा गर्ने मेरो बाबा 

आज तिम्लाई नझरिदेउ भन्दै 

बिन्ति गर्दै छन् 

तिमि सुस्साउदै 

बडेमानका ढुंगा पल्टाउदै 

ढुंग ढुंग आवाज निकाल्दा 

भल हेर्न जाउ भन्दै रमाउने 

मेरा भाई बहिनि 

आज तिम्लाई नसुस्साइदेउ भन्दै 

प्रार्थना गर्दै छन् !!

कैलास पर्बतको चिसो 

सिरेटोमा रम्दै 

मेरो देशको रातो माटोमा 

लरिबरि गर्दै 

माझीदाईले गुनगुनाउने गीतमा 

मिठो भाका सुसेल्दै 

कल्कलाउदै तिमि बगेको हेर्ने 

अनुमति छैन मलाई 

बाध्य छु म 

तिमीलाई छेकेर राख्न 

तिमि बग्दा 

मेरो छिमेकी रिसाउछ 

तिम्लाई छेक्दा 

मेरो तराइ निदाउछ 

चिर निद्रामा 

त्यसैले,

प्रिय झरी नझरिदेउ !! 

यस बिषयमा तपाइको प्रतिक्रिया...!