साहित्यकार श्रेष्ठको निधन

Posted on: 20 Apr, 2018

वैशाख ७ काठमाण्डौ | साहित्यकार समिता श्रेष्ठ ‘पुरा’ को निधन भएको छ । 

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ४ की श्रेष्ठको शिक्षण अस्पताल काठमाडौँमा उपचारका क्रममा बिहीबार निधन भएको उहाँको पारिवार स्रोतले जनाएको छ । 

श्रेष्ठ विगत १३ वर्षदेखि पक्षघातबाट पीडित हुनुहुन्थ्यो । उहाँको देब्रे हातको पौजाको सहायताले लेखिएको ‘नयाँ सोच, लघु उपन्यास’ र ‘पुर्नजन्म, कवितासंग्रह’ प्रकाशित छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!