कसरी सास फेर्ला मेरो मित्रले ?

Posted on: 04 Dec, 2018

संसार 

एक्लै जित्न खोज्छन् 

त्यसैले त, 

ताली बजाउन 

त्यस्तै त्यस्तै मित्र रोज्छन् । 


मौन बसें म, 

कस्तो लाग्यो मित्र ? भनेर 

अझ उल्टै झर्को लाग्ने गरी 

सोध्छन्।


आफूले जिते 

अरूको हारमा बुल्डोजर चलाउँछन् 

आफुले हारेको दिन 

अरुको खुसीमा आर्यघाटमा गएर 

ईर्ष्याको चितामा दागबत्ती दिन्छ्न् ।


हेर्दै छु म पनि 

उल्लु ले झैं उल्टो लट्किएर 

उस्को जितौरीमा ठोकेको तालीले 

मेरो हत्केलामा उठेको रातो डाम् 

अझै हराएको छैन । 


एउटै कुरोको 

डरको पहाडले थिचीरहन्छ मलाई 

मैले जितेको दिन उस्ले ताली होइन 

डाहाको अंकमाल गर्ने छन् 

किनकि ऊ कहिल्यै हार्न चहाँदैन ।


यही कुराको त मलाई 

औधी पिर लागि बस्छ अविरल 

उस्को जेठो छोराले हारेको दिन 

कसरी सास फेर्ला फोक्सोबाट 

मेरो मित्रले ?  

राजबाबु श्रेष्ठ 'सागर'


यस बिषयमा तपाइको प्रतिक्रिया...!