नियमित रचना बाचन कार्यक्रमको ४४ औं श्रृङखला सम्पन्न

Posted on: 30 Dec, 2018

पुष १५, काठमाडौँ | नेपाली साहित्यको क्षेत्रमा बिगत आधा दशक देखि नेपाली साहित्यको क्षेत्रमा काम गर्दै आएको शब्द रहर साहित्य अभियानको नियमित रचना बाचन कार्यक्रमको ४४ औं श्रृङखला सम्पन्न भएको छ । हेटौंडालाई कर्म थलो बनाएर साधनारत युबा पुस्ताका लोकप्रिय शसक्त कवि निमेष निखिलको आधा दर्जन कबिता बाचन सहित राजधानीको बालाजुस्थित ग्रामीण आदर्श क्याम्पस नेपालटारमा सम्पन्न भएको हो ।


अतिथी कवि निखिल सहित स्रस्टाहरु डा.सत्यराज थपलिया, प्रकाश बस्नेत गफाडी, केशब पुडासैनी बिमल, मुक्तान थेवे, सरोनर, रसुवाली कवि, धरणिधर गुरागाइ, गिता पुडासैनी, राजेन्द्र घिमिरे, उत्तम बिचार लगायत झन्डै तीन दर्जन सर्जकहरुले रचना बाचन गरेका उक्त कार्यक्रममा अभियानका एक अभियन्ता माधब घिमिरेले उपस्थित सम्पुर्ण साहित्यानुरागिहरुको स्वागत गरेका थिए । 


कार्यक्रममा संस्थाको सल्लाहकार बरिष्ठ साहित्यकार श्रीहरि फुयालले आफ्नो कबिता सँगै अतिथी कविलाई मायाँको चिनो हस्तान्तरण गरेका थिए । 

अतिथी कवि निखिल लगायतका सर्जकका सिर्जनाले तताएको पुसको बिहानीको माहोललाई हास्य कलाकार तथा ´हिडे पुगिन्छ' का लेखक राजन सिंखडाको सिर्जनात्मक अभिब्यक्तिले थप रौनक थपेको थियो । प्रत्यक महिनाको दोस्रो शनिबार हुने उक्त कार्यक्रमको यो श्रृङखलाको सहजिकरण अभियानका अर्का अभियन्ता जीत अधिकारीले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!