प्याकेजमै सहमति खोज्न प्रधानमन्त्रीको प्रस्ताव, राजपाले खोज्यो संविधान संशोधनको सुनिश्चितता

Posted on: 28 May, 2017

जेठ १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचनको सुनिश्मिचतताका लागि मिल्न नसकेका विषयमा प्याकेजमै सहमतिको प्रस्ताव गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ३१ जेठको निर्वाचनअघि नै संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्नुपर्ने विषयमा अडान राखेपछि शनिबार बालुवाटारमा भएको प्रमुख चार दल बैठकमा प्रधानमन्त्रीले प्याकेजमै सहमति खोज्नुपर्ने प्रस्ताव गरेका हुन् ।

राजपालाई पनि मनाएर दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन प्रमुख तीन दलले अन्तिम प्रयास गरिरहेका छन् । शनिबार साँझ झन्डै पाँच घन्टा चलेको सामूहिक र छुट्टाछुट्टै छलफलमा शीर्ष नेताहरुले राजपा नेताहरुलाई मनाउन विभिन्न विकल्पमा छलफल गरेका थिए ।

तर, राजपाले लामो समयपछि भइरहेको स्थानीय तह निर्वाचनबाट वञ्चित गराउने काम भइरहेको गुनासो गरेको थियो । निर्वाचनका लागि परिस्थिति बनाउनुपर्ने उसको धारणा थियो । उसले संविधान संशोधनको कुनै आधार नभईकन निर्वाचनमा जाँदा जनतालाई धोका दिएको ठहर्ने भन्दै त्यसको सुनश्चितता हुनुपर्ने माग गरेको थियो । - नयाँ पत्रिका दैनिक

यस बिषयमा तपाइको प्रतिक्रिया...!