खारेज हुँदै ४ हजार मेगावाटका आयोजना

Posted on: 21 Aug, 2017


भदौ ५, काठमाडौं । चार हजार दुई सय ३२ मेगावाटबराबरको विद्युत्तको लाइसेन्स लिएका ४१ आयोजना खारेज गर्ने प्रक्रिया सुरु भएको छ । 

लाइसेन्स लिएका तर उत्पादन अनुमतिपत्रको निवेदन दिए पनि आवश्यक प्रक्रिया पूरा नगरेका आयोजनाको लायसेन्स खारेज हुने भएको हो ।

लाइसेन्स आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गर्न वित्तीय व्यवस्था, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, विद्युत्त खरिद बिक्रीको सम्झौता वा कनेक्सन एग्रिमेन्ट वा विद्युत्त खरिद बिक्री सम्झौतालगायत पेस गर्नुपर्छ । तर, आयोजनाले त्यस्ता प्रक्रिया पूरा नगरेको विद्युत्त विकास विभागको भनाइ छ ।

विभागले ती कम्पनीलाई सूचना जार गर्दै ३५ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरेर आयोजना अगाडि बढाउन र त्यसो नगरे खारेज हुने स्पष्ट पारेको छ । -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!