अमेरिका जाने भनेर हिडेका ६ नेपाली ६ महिनादेखि टोगोमा

Posted on: 20 Mar, 2018

चैत ६, काठमाडौं | मानव तस्करको सञ्जालबाट अमेरिका जाने भनेर हिडेका ६ नेपाली पश्चिम अफ्रिकी मुलुक टोगोमा अलपत्र परका छन् । 

अलपत्र पर्नेमा बागलुङका महेश्वर आचार्य, कमलबहादुर घर्ती, मनबहादुर श्रीश पुन र अशोक पौडेल तथा सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा छन् ।

गैरआवासीय नेपाली संघका नाइजेरियास्थित केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाका अनुसार झन्डै ६ महिनादेखि टोगोमा अलपत्र पीडितहरूले हालै आफ्नो उद्धारका लागि आग्रह गरका हुन् ।

पीडितमध्ये बागलुङ–६ का महेश्वरका बुबा रुद्रनारायण शर्माले दिएको जानकारीअनुसार उनका छोरा अमेरिका जान भनेर गत वर्ष मंसिरमा घर छाडेर हिडेका हुन्। ‘दलालको लहैलहैमा लागेर अमेरिका जान छोरो हिडेको हो, उसको यात्राका लागि दलाललाई २५ लाख रुपैया बुझाएको थिए“,’ रुद्रनारायणले फोनमा भने, ‘घरबाट निस्केपछि २ महिना दिल्ली, ३ महिना थाइल्यान्ड, ४ महिना नाइजेरिया राखिएको रहेछ ।

बितेको ६ महिनादेखि टोगो भन्ने देशको राजधानीको एउटा होटलमा राखिएको छ भन्ने खबर पाएको छु।’ उनले आफ्नो छोरासहित सबै अलपत्र परकालाई घर फिर्ता ल्याउन काठमाडौं आएर परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्नेतयारी भइरहेको बताए । - कान्तिपुर दैनिकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!