बैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख जरिवाना

Posted on: 19 Sep, 2019

असोज २, काठमाडौँ | देशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरबाट सरकारले वै जरिवाना समेत असुल्न थालेको छ | साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो |

विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय गर्नुपर्ने कानुनी व्यवस्था भएकाले जरिवाना लिन सुरु गरेको बताए | विगतमा ठगी गर्ने म्यानपावरबाट श्रमिकलाई क्षतिपूर्ति मात्र भराउने चलन थियो | वैदेशिक रोजगार ऐन २०६४ मा गलत सूचना दिने, श्रमिक ठगी गर्ने म्यानपावर र सम्बद्ध संस्था र व्यक्तिलाई जरिवाना तिराउनुपर्ने व्यवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!