कस्तूरी पाल्नुस्, बिना बेच्नुस् !

Posted on: 10 Jan, 2020

पुष २५, काठमाडौँ | बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेको बेला अब जंगली कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिन्छ ।

कस्तूरी पाल्नका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आह्वान गरेको छ । आफ्नो संरक्षण क्षेत्रभित्र कस्तूरी पाल्न चाहनेहरु कस्तूरी नै उपलब्ध गराउने भएको छ । 

कस्तूरी पाल्न चाहनेहरुका लागि अब आफ्नै क्षेत्र भित्र पाल्न दिने संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले बताए । 

- यो समाचार आजको कारोबार दैनिकमा दिलबहादुर केसीले लेखेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!