काठमाडौँका मेयर विद्यासुन्दर शाक्य, सबैभन्दा भारी मतान्तरले उपमेयर बनिन् हरिप्रभा खड्गी

Posted on: 28 May, 2017

जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् भने उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्की बिजयी भएकी छन् ।

बैशाख ३१ मा सम्पन्न काठमाडौँ महानगरको मतगणना १३ दिनपछि सकिएलगत्तै आइतबार बिहान औपचारिक घोषणा भएको छ । मेयरका लागि एमालेका विद्यासुन्दर शाक्यले १९ हजार मतले अग्रता लिंदै राजुराज जोशीलाई पराजित गरे भने उप मेयर बनेकी खड्गीले निकटमत प्रतिद्वन्द्वीलाई २४ हजार बढी मतान्तरले पराजित गरिन् । खड्गीको यो मतान्तरनै पहिलो चरणको चुनावमा सबैभन्दा ठूलो मतान्तर हो । 

खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!