भरतपुर महानगरको १९ नम्बर वडामा पनि रेणुकै अग्रता (ताजा अपडेट)

Posted on: 28 May, 2017

जेठ १४, काठमाडौं । भरतपुर महानगरपालिकामा मतगणनाको क्रम जारी रहँदा मेयरका प्रमुख दुई प्रत्यासी एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल मध्ये १९ नम्बर वडामा रेणुले अग्रता लिएकी छन् ।

अग्रता सँगै उनले देवीसँगको मतान्तर पनि घटाइरहेकी छन् । १९ नम्बर वडामा ६०० मत गणना गर्दा उनले २० मत बढी पाएकी छन् । देवी र रेणु बीचको मतान्तर अब ७६४ मत छ । 

देवीको पक्षमा ४१ हजार २०१ मत खसेको छ भने रेणुको पक्षमा ४० हजार ४३७ मत खसेको छ । 

एमालेले १९ नम्बर वडामा एमालेकै जित हुने दावी गरेको छ । तर मत परिणाम भने गठबन्धनकै पक्षमा देखिएको छ ।

महानगरमा जितको लागि दुवै उम्मेदवारले दावी गरिरहँदा पासो कता पल्टन्छ भन्न गाह्रो छ । महानगरको १९ वडामा २८६० र २० नम्बर वडामा ३३०२  गरी अब ६ हजार १६२ भोट रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!