यस्तो छ भरतपुरको पछिल्लो मतपरिणाम (राति ११:०० बजेको अपडेट)

Posted on: 28 May, 2017

जेठ १४, काठमाडौं । भरतपुर महानगरपालिकामा मतगणनाको क्रम जारी रहँदा मेयरका प्रमुख दुई प्रत्यासी एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल मध्ये १९ नम्बर वडामा रेणुले अग्रता लिएकी छन् । तर चित्त बुझ्दो मत भने उनले पाउन सकेकी छैनन् ।

रेणुले देवीसँगको मतान्तर पनि घटाइरहेकी भएपनि मतान्तरको घट्दो संख्या फराकिलो छैन । १९ नम्बर वडामा १८०९ मत गनिसक्दा देवी र रेणु बीचको मतान्तर अब ७३३ मा झरेको छ । 

देवीको पक्षमा अहिलेसम्म ४१ हजार ६४१ मत खसेको छ भने रेणुको पक्षमा ४० हजार ९०८ मत खसेको छ । अब १९ र २० नम्बर गरि महानगरको ४३५३ मत गन्न बाँकी छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!