नेपाल कम्युनिष्टद्वारा थबाङमा जनसरकार घोषणा

Posted on: 26 Jun, 2017


असार १२, रोल्पा । स्थानीय तहको चुनावको विरोधमा विभिन्न गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनावको पूर्व सन्ध्यामा रोल्पाको थबाङमा जनसरकार घोषणा गरेको छ ।

नेकपाका केन्द्रीय जनसरकार प्रमुख शन्तोष बुढामगरले आइतबार बेलुका थबाङको ठूलोगाउँमा घोषणासभाको आयोजना गरी किताव बुढाको संयोजकत्वमा थबाङ गाउँपालिका स्तरीय जनसरकार घोषणा गरेका छन् । 

चारजना पछि थप गर्नेगरी १५ सदस्यीय जनसरकार घोषणा गरिएको नेकपाका स्थानीय नेता रेशम शाहले जानकारी दिए । जनपरिषदले अहिलेनै केहि निर्णय नगरेको भएता पनि चुनावलाई असर पार्ने क्रियाकलाप गर्न सक्ने बताइएको छ । 

नेकपाकै नेताहरुले थबाङ गाउँपालिका प्रमुख तथा वडामा स्वतन्त्र उम्मेदवारी दिएपछि अन्यौलमा परेको नेकपाका नेता शन्तोष बुढाले आइतवार यस्तो घोषणासभा गरेपछि थबाङका मतदाताहरुमा फेरि आशंका उत्पन्न हुन थालेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!