विप्लब र भट्टराई समर्थित नेताहरुसहित ठुलो टिम माओवादी केन्द्रमा फर्किए

Posted on: 20 Aug, 2017


भदौ ४, काठमाडौं । रामचन्द्र झा, रामकुमार शर्मासहितका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । 

आइतबार दिउँसाे तिनकुनेकाे ताज ब्याङ्कैटमा विशेष कार्यक्रमका माझ झा र शर्माल गायत राष्ट्रिय नेतासहितकाे ठूलाे टिमलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेताहरुले स्वागत गरि पुन: पार्टीमा प्रवेश गराएका हुन् । 

झा र शर्मासँगै ब्रिजकिशोर यादव, कलामुद्दिन रायन, महेन्द्र केसी ‘पारसमणि’ लगायतका नेताहरु माओवादी प्रवेश गरेका हुन् । ‘पारसमणि’ भने विप्लव समूहबाट आएका हुन् । 

यस अघि माओवादी छाडेर गएकाहरु पुन: पार्टीमा फर्केपछी कार्यकर्तामा उत्साह थपिएको नेताहरुले बताएका छन् । 

बाबुरामको आक्रोश 

यता पार्टी छाड्ने नेताहरु तर्फ इंगित गर्दै नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रलाई पुरानो चिलाउनेको धोत्रो रूखको संज्ञा दिएका छन् ।

आइतवार विहान ९ वजे आफ्नो फेसबुक पेजमा स्ट्याटस लेख्दै उनले सकेसम्म आफुले रोपेको विरुवालाई मलजल गर्नुपर्ने नसके पनि वाहाना वनाएर निमोठ्ने काम गर्न नहुने वताए । नयाँशक्ति नेपालले पनि परिवर्तनको कुनै आशा देखाउन नसकेपछि धमाधम कार्यकर्ताहरु माओवादी केन्द्रमा फर्किन थालेका छन् । पार्टीनै छाडेर जानेमा उच्च स्तरका नेतापंक्तितर्फ उनले सामाजिक संजालमार्फत चर्को आलोचना गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!