एमालेले दियो- बाढीपीडितलाई एक करोड

Posted on: 23 Aug, 2017

भदौ ७, काठमाडौं | प्रमुख प्रतिपक्षी दल एमालेले बाढीपीडितको सहयोगार्थ करिब एक करोड रुपैया प्रधानमन्त्री राहत कोषलाई प्रदान गरको छ । 

मंगलबार पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन् । पार्टीगत रुपमा एमालेले गरेको यो सहयोग सबैभन्दा ठूलो हो । 

एमालेले सांसद, केन्द्रीय नेता र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट एक महिनाको तलब उठाउने निर्णय भएको थियो । त्यसबाहेक उक्त पार्टीले बाढीपहिरो पीडितका लागि छुट्टै अभियान सञ्चालन गररे समेत सहयोग गरिरहेको छ । त्यस्तै एमालेको अन्य संगठनबाट समेत राहतको लागि रकम उठाइएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!