बाबुराम भट्टराईको नयाँ शक्तिलाई कांग्रेसले पनि पत्याएन

Posted on: 18 Oct, 2017

कात्तिक १, काठमाडौं | एकाएक बाम गठबन्धनमा सामेल भएर सहमति नभएपछी बाहिरिएका बाबुराम भट्टराईलाई कांग्रेसले समेत प्राथमिकता नदिएपछी भट्टराई तनाबमा छन् । 

१५ सिट माग्दै भट्टराई बाम गठबन्धनमा सामेल भएका थिए तर टिक्न सकेनन् । नयाँ शक्तिलाई माओवादीले गोरखा २ मा निर्वाचन लड्न नदिएपछी त्यसको झोकमा गठबन्धननै छाडेर कांग्रेससँग मिल्न आएका थिए तर कांग्रेसले समेत उसलाई मागेजति सिट नदिने निश्चित जस्तै भएको छ भने कांग्रेसले नयाँ शक्ति बलियो भएको स्थान मात्र दिन सक्ने संकेत दिएको छ । कांग्रेसले गोरखा २ दिएर १ नम्बरमा आफुलाई सघाउन भनेको छ ।

बाम तालमेलमा आफुलाई महत्व नदिईएको भन्दै गठबन्धन छाडेर कांग्रेसको ढोका ढकधक्याउन पुगेका नेता भट्टराईलाई कांग्रेसले समेत त्यति महत्व नदिएको राजनीतिक वृतमा बहश चलेका छन् । लोकतान्त्रिक फोरमलाई आफ्नो पक्षमा सामेल गरिसकेको कांग्रेसले चाहेको खण्डमा नयाँ शक्तिसँग यथासिघ्र छलफल गरि बिषय टुंग्याउन पर्नेमा कांग्रेस अन्यत्रै व्यस्त देखिँदा नयाँ शक्तिसँग औपचारिक छलफल गरेको छैन । काँग्रेस नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि भट्टराईलाई अहिलेसम्म हाता लाग्यो शुन्य जस्तै भएको छ भने उसले बिकल्पमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग पनि तालमेलको प्रयास गरिने जनाएको छ । 

कांग्रेससँग तालमेलमा पुगेका भट्टराईलाई अहिलेसम्म कांग्रेसले गोरखा क्षेत्र नम्बर २ दिएर एक नम्बर क्षेत्र काँग्रेसलाई सघाउने विषयमा सहमति भएपनि यस बाहेक अन्य बिषयमा कुनै छलफल हुन सकेको छैन । यसरी हेर्दा कांग्रेसले नयाँशक्तिलाई गोरखा २ सहित ४/५ स्थानमा मात्र दिएर सहमतिमा ल्याउने प्रयास गरेको देखिन्छ । यसरी हेर्दा नयाँ शक्तिलाई कांग्रेसमा जाँदा समेत खासै फाइदा नहुने स्पष्ट देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!