धादिङ एमालेलाई, गोरखा माओवादीलाई, अरु ३० जिल्ला कसको भागमा ?

Posted on: 20 Oct, 2017

कात्तिक ३, काठमाडौँ | नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् । ३२ जिल्ला मध्ये धादिङ्ग र गोरखाका २/२ क्षेत्रमा बराबरी बाडिएको छ । ३

दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको छ, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने माओवादी नेता एवं कार्यदल सदस्य वर्षमान पुनले जानकारी दिएका छन् ।

दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो । पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।

कार्यदलमा सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायतको सिट बाँडफाँटमा सकस देखिएको थियो । सिन्धुपाल्चोक १ माओवादीले लिएको छ भने २ एमालेको भागमा परेको छ । गोरखाको दुबै क्षेत्रसँगै रामेछाप माओवादीले लिँदा धादिङको दुबै क्षेत्र एमालेले लिएको छ । नुवाकोट १ माओवादी र २ एमालेको भागमा परेको छ भने बाग्लुङ १ एमाले र २ माओवादीले लिएको छ । 

बाम तालमेल अनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका सिटहरू यसरी बाँडफाँट गरिएको छ । 

एमालेले पाएको सिट

१. ताप्लेजुंग 

२. पाँचथर 

३. संखुवासभा 

४. ओखलढुंगा 

५. खोटाङ

६. दोलखा 

७. रसुवा 

८. सिन्धुपाल्चोक -२ 

९. नुवाकोट - २ 

१०. धादिङ्ग - १  

११. धादिङ्ग - २ 

१२. मनाङ

१३. मुस्ताङ

१४. म्याग्दी 

१५. बाग्लुङ-१

१६. डोल्पा 

१७. मुगु 

१८. बझाङ्ग

१९.  बाजुरा 

२०. बैतडी 

२१. दार्चुला

माओवादीले पाएको सिट 

१. भोजपुर 

२.सोलुखुम्बु 

३. रामेछाप 

४. सिन्धुपाल्चोक 

५. नुआकोट १ 

६. लम्जुंग 

७. गोरखा - १

८. गोरखा - २

९. बाग्लुङ्ग

१०. रोल्पा 

११. रुकुम पुर्व 

१२. जुम्ला 

१३. कालिकोट 

१४. हुम्ला 

१५. जाजरकोट 

१६. रुकुम पश्चिम    

यस बिषयमा तपाइको प्रतिक्रिया...!