कञ्चनपुर ३मा भट्ट, प्रदेश ‘क’मा रावल र ‘ख’मा सुनार विजयी

Posted on: 12 Dec, 2017

भास्कर केसी/ मङ्सिर २६, कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं.३ का प्रधिनिधि सभा तथा प्रदेशसभाका तिनै बामगठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । 

यस भन्द पहिले नै कञ्चनपुर क्षेत्र नं.१ र २ बाट पनि बामगठबन्धनका साझा उम्मेदवार विजयी भएसँगै कञ्चनपुर जिल्लाको कुनै पनि क्षेत्रमा काँग्रेसका उम्मेदवारले विजयी हासिल गर्न सकेनन् । 

कञ्चनपुरको क्षेत्र नं. ३ प्रतिनिधि सभा एमालेका उम्मेदवार डा. दिपक प्रकाश भट्टले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका पुर्व यतायात मन्त्री रमेश लेखकलाई २५८ मतले पराजित गरेका छन् । भट्टले २६३६४ मत पाएका छन् भने लेखकले २६१०६ मत प्राप्त गरेका छन् ।


त्यसैगरी कञ्चनपुर क्षेत्र नं.३ प्रदेशसभा १ का बामगठबन्धनका साझा उमेदवार नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रकाश रावल तथा क्षेत्र नं.३ प्रदेशसभा २ का बामगठबन्धनका साझा उमेदवार एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मान बहादुर सुनार बिजय भएका छन । मङ्सिर २१ गते भएको क्षेत्र नं.३ को प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन भएको मतगणना २२ गते विहान १० बजे देखी सुरु भएको थियो । 

क्षेत्र नं.३ प्रदेश सभा १ का प्रकाश रावलले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उमेदवार यज्ञराज जोशीलाई ६३ मतले पराजित गरेका छन् । रावले १२८१७ मत आफ्नो पक्षमा परेका थिए भने जोशीले १२७५४ मत प्राप्त गरेका छन । 

त्यसैगरी क्षेत्र नं. ३ प्रदेशसभा २ का साझ उमेदवार मानबहादुर सुनार निर्वा्चित भएका छन । उनका निकटतम प्रतिद्वन्दी बेलबहादुर रानामगर १३५३९मत प्राप्त गरेका छन । भने बामगठबन्धन का साझा उमेदवार १३७०० मतका साथै १६१ ले निर्वा्चित हुनु भएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!