बिजय गच्छदारलाई अन्तिम सांसद बनाउँदै प्रत्यक्षतर्फको मतगणना सकियो, (कसको कति ?)

Posted on: 13 Dec, 2017

मङ्सिर २७, काठमाडौँ | प्रतिनिधि सभा तथा प्रदेशसभा अन्तर्गत मङ्सिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ | अहिले समानुपातिकको पनि आधा भन्दा बढी मत गणना सकिएको छ | 

मतगणनाको अन्तिम यात्रामा सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरले बिजेता बने । शुरुदेखि नै अग्रता राखेको एमाले उम्मेदवार भगवती चौधरीलाई झिनो मतले पराजित गर्दै गच्छदार ३२१ मतले बिजयी बनेका हुन् । गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरे बहने एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् ।

यसअघि २०७० को संविधानसभा निर्वाचनमा डेढसय मतले गच्छदारसँगनै हारेकी भगवती चौधरीलाई अहिलेको गठबन्धनले जिताउन सकेन । एमालेले अग्रता लिइरहेको अवस्थामा एक्कासी मुचुल्का बिनाका मतपत्र आउन थालेपछी चौधरीले मतगणनानै बहिष्कार गरेकी थिइन् । चौधरीले निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको आरोप चौधरीको छ । 

यस मत परिणाम सँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । अहिले अधिकांश जिल्लामा प्रतिनिधिसभा ११० सिट र प्रदेश सभाको लागि समानुपातिक तर्फको मतगणना जारी छ भने केहि जिल्लामा समानुपातिकको मत गणना समेत सम्पन्न भईसकेको छ  ।

सम्पन्न मत परिणाम अनुसार बाम गठबन्धनले प्रत्यक्षमा ११८ सिट पाएको छ, जसमा माओवादीले ३६ सिट निकालेको छ । त्यस्तै प्रत्यक्षमा तेश्रो दल बनेको नेपाली कांग्रेसले २३ सिट हाँशिल गरेको छ । राजपाले ११ सिट जितेको छ भने संघीय समाजवादी फोरमले १० स्थानमा बिजय हाँशिल गरेको छ । त्यस्तै साना दलहरु राप्रपा, नयाँशक्ति नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले १/१ सिट पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!