(राति १:१५ बजे) देशभरको ७५% मत गनिसक्दा कुन दलको कति ? कुन-कुन दलले थ्रेसहोल्ड कटाउन सकेनन् ?

Posted on: 14 Dec, 2017

मङ्सिर २८, काठमाडौँ | प्रतिनिधि सभा अन्तर्गत कुल ११० समानुपातिक सिटको लागि अहिलेसम्म देशभरीको झन्डै ७५% मत गणना भईसकेको छ | हालसम्मको मतको आधारलाई हेर्दा समानुपातिकमा ५ दलले मात्र थ्रेसहोल्ड कटाउने देखिएको छ | अब लगभग २६ लाखको हाराहारीमा मतगणना बाँकी छँदा कुन दलले कति मत पाए तल हेर्नुहोस् |  

समानुपातिक मतगणनाको दलगत स्थिति (प्राप्त मतका आधारमा) अहिलेसम्म ५ दलले मात्र थ्रेसहोल्ड कटाएका छन् | समानुपातिक सुत्र अनुसार कुल मतको ३% मत पाउनेले मात्र समानुपातिकमा सिट पाउन सक्ने ब्यस्वस्था छ | एस अनुरुप नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेपाल र राजपाले मात्र थ्रेस होल्ड कटाएको अवस्था छ | तर यी मध्ये राजपाले ३% कटाए पनि अनुमानित ३ लाख भन्दा बढी मत नकटाएकोले अझै केहि मत थपेपछि मात्र थ्रेसहोल्ड पक्का हुन्छ | मधेसमा मत गणना गर्न बाँकी नै छँदा उसले थ्रेस होल्ड कटाउन सक्ने निश्चित छ | 

थ्रेसहोल्ड कटाई सिट प्राप्त गर्ने पक्का भएका दलहरु र तिनले पाएको मत: 

१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 2518245

२. नेपाली काँग्रेस: 2427415

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 992528

४. संघीय समाजवादी फोरम, नेपाल: 342621

५. राष्ट्रिय जनता पार्टी नेपाल: 275695

अहिलेसम्मको स्थितिमा थ्रेसहोल्ड कटाउन नसकेर समानुपातिक सांसद नपाउने अवस्थामा रहेका दलहरु: 

१. राष्ट्रिय प्रजातन्त्र पार्टी: 166505

२. विवेकशील साझा पार्टी: 165365

३. नयाँ शक्ति पार्टी, नेपाल: 66140

४. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 60733

५. राष्ट्रिय जनमोर्चा: 39777

६. अन्य: 255496

समानुपातिक सांसद कसरी छानिन्छ ?  

समानुपातिक सांसद छान्नको लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ ।

निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।

अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुल सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् ।

यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ ।

अब ‘सेन्ट लग’ मेथड -मत विभाजन गर्ने सुत्रबाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!