समानुपातिकमा कांग्रेसलाई ४० सिट र एमालेलाई ४१ सिट, अरु कसलाई कति सिट ?

Posted on: 17 Dec, 2017

पुष २, काठमाडौं | प्रतिनिधि सभा अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा हालसम्म प्राप्त मत परिणामको आंकलन भएको छ । 

शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भइसकेको छ भने आज बिहान ९:३० बजेसम्मको अपडेट अनुसार एमालेले ३१ लाख ६१ हजार २९५ मत, नेपाली कांग्रेसले ३१,११,६४३ मत, माओवादी केन्द्रले १२ लाख ९५ हजार ९०३ मत, राजपाले ४ लाख ७० हजार ४८६ मत र संघीय समाजवादी फोरम नेपालले ४ लाख ६९ हजार ४६१ मत पाएका छन् । 

दलहरूले प्राप्त गरको अहिलेसम्मको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले६ सिट पाउने सम्भावना छ । हालसम्म यी पांच पार्टीले मात्रै कुल सदर मतको ३ प्रतिशत कटाएपछी यिनीहरुले मात्र समानुपातिकको सिट पाउनेछन् । बाँकी ४४ दल भने राष्ट्रिय पार्टी बन्न असफल भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!