यी हुन् नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको जिल्लाहरु

Posted on: 17 Dec, 2017

पुस २, काठमाडौँ | समानुपातिक मत परिणाम अनुसार कुन जिल्लामा कुन पार्टी बलियो भन्ने आंकलन गर्ने गरिन्छ । यसैक्रममा यस पटकको निर्वाचनमा प्रत्यक्ष तर्फ तेश्रो र समग्र मत परिणाममा दोश्रो पार्टी बनेको नेपाली कांग्रेस कति जिल्लामा पहिलो बलियो पार्टीको रुपमा छ भन्ने कुरा समानुपातिक मत परिणामबाट पुष्टि हुन्छ । 

कांग्रेसले एक नम्बर प्रदेशका मोरङ, उदयपुर, संखुवासभा र सोलुखुम्बुमा पहिलो धेरै मत पाएको छ भने दुई नम्बर प्रदेशका धनुषा, रौतहट र बारा गरि ३ जिल्लामा पहिलो पार्टीको रुपमा मत पाएको छ । त्यस्तै प्रदेश नम्बर तीनको नुवाकोटबाट कांग्रेस पहिलो बनेको छ ।

त्यस्तै चार नम्बर प्रदेशका गोरखा, मनाङ, बागलुङ, नवलपुरमा पहिलो मत पाएको छ तयस्तै कांग्रेसले प्रदेश नम्बर ५ का नवलपरासी, कपिलबस्तु, दाङ, बाँके र बर्दियामा पहिलो मत पाएको छ ।

उता कांग्रेसले ६ नम्बर प्रदेशका मुगु, हुम्ला, जाजरकोट र सुर्खेतमा पहिलो मत पाएको छ भने प्रदेश नम्बर ७ का कैलाली, कन्चनपुर, दार्चुला, डोटी र डडेलधुरामा कांग्रेसले पहिलो मत पाएको छ ।

यस पटकको निर्वाचनको समानुपातिक मत परिणाम अनुसार एमाले ५० जिल्लामा र माओवादी ५ जिल्लामा, मधेसवादी दलहरु राजपा (३ जिल्ला) र फोरम (१ जिल्ला) गरि प्रदेश २ को ४ जिल्लामा पहिलो मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!