दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय

Posted on: 16 Jan, 2018

माघ २, काठमाडौं ।  सर्वोच्च अदालतले मनाङबाट प्रदेश सांसद बनेका दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको छ । 


ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरेको सर्वोच्चले मनाङबाट प्रदेश सांसदमा विजयी मनाङेविरुद्ध यो सजाय सुनाएको हो । 

सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएको हो । 

यो फैसलासँगै सपथ नै नलिई मनाङेको पद स्वत: निलम्बनमा परेको छ । 

उनीविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।

डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!