डोटीमा आन्दोलनकारी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त

Posted on: 18 Jan, 2018

माघ ४, डोटी । सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढीलाई तोकेको भन्दै सुरु भएको आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । 

क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउने क्रममा दोहोरो झडप भएको हो । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।


प्रदशर्नकारीले देउवाको जलिरहेको पुत्ला क्षेत्रीय प्रशासन कार्यालयभित्र फालेपछि प्रहरीले प्रदर्शनकारीहरु माथि लाठी चार्ज गरेको थियो ।

प्रहरीले प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयमा ढुङ्गामुढा गर्दै आगो लगाउन खोजेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरेको बताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!