उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

Posted on: 19 Jan, 2018

 माघ ५, काठमाडौँ  | उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ । 

नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्कनुभएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राख्नुभएको उहाँहरुबीच करिब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!