वाइसिएलले बाँड्यो चार सयभन्दा बढीलाई न्यायो कपडा

Posted on: 20 Jan, 2018

माघ ६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले धनुषा, महोत्तरी र रौतहटका करिब ४०० परिवारलाई न्यायो कपडा वितरण गरेको छ । 

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार आजमात्रै महोत्तरीको भगाहा नगरपालिकाका २०० भन्दा बढी मुसहर परिवारलाई न्यायो कपडा, कम्बल वितरण गरिएको छ । यस्तै आजै धनुषाको धनुषाधाम नगरपालिकाको वडा नं ६, ८ र ९ वडाका २०० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । 

वाइसिएलका अध्यक्ष सापकोटा नेतृत्वको टोलीले तराईका विभिन्न आठ जिल्लामा न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको छ । 


महोत्तरीको भगाहा नगरपालिका सिद्धपुरको दलित तथा मुसहर बस्तीका २०० परिवारलाई न्यानो वितरण गरी न्यानो वितरण अभियान शुरू गरेको जानकारी दिँदै अध्यक्ष सापकोटाले धनुषाको धनुषाधाम नगरपालिका वडा नं ६, ८, ९ मा न्यानो कपडा वितरणमा महासचिव सुबोधराज शेर्पाली नेतृत्वको टोली परिचालित भएको बताउनुभयो । 

अध्यक्ष सापकोटाले भन्नुभयो, “हामी दुःख बाँडेका छौँ हामीले दिएको कपडाले तराई न्यानो त नहोला तर मन न्यानो हुन्छ ।” अब बन्ने वाम गठबन्धनको सरकारले गरिबी उन्मूलनको ठोस कार्यक्रम ल्याउने भन्दै उहाँले आगामी वर्ष यत्तिको दुःख नहुने विश्वास व्यक्त गर्नुभयो । 

महोत्तरी, घनुषा, सिराहा, सप्तरी रौतहट, बारा र पर्सामा वाइसिएलको न्यानो वितरण कार्यक्रम रहेको जनाएको छ । साथै ५० हेक्टर नेपाली भू–भाग मिचिएको पर्साको वीरगञ्जमा समेत वाइसिएलले स्थलगत निरीक्षण गरी नेपाली भूमि फिर्ता ल्याउन पहल गर्ने बताएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!