मुख्यमन्त्रीको चेतावनी: 'नारायणगढ-मुग्लिन सडक समयमै नसके ठेक्का खारेज गर्छु'

Posted on: 13 Feb, 2018

फागुन १, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री बनेकै भोली पल्ट आज नारायणगढ-मुग्लिन सडकखण्डको अनुगमन गरेका छन् । मुख्यमन्त्री पौडेल सहित आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल अनुगमनमा गएका हुन् । 

अनुगमनका क्रममा मुख्यमन्त्रीको टोली १५ किलो भन्ने ठाउँमा पुगी सडकको अनुगमन गरेको छ । लामो समयदेखि निर्माण जारी रहेको उक्त सडक लामो समय बित्दा पनि नसकिएको भन्दै सिघ्र काम सक्न आयोजना प्रमुखलाई मुख्यमन्त्रीले निर्देशन दिएका छन् । पौडेलले समयमै काम भएन भने ठेक्का नै खारेज गर्ने चेतावनी समेत दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!