राष्ट्रपति भण्डारीद्वारा शपथग्रहण

Posted on: 14 Mar, 2018

फागुन ३०, काठमाडौँ | दोश्रो कार्यकालको लागि आज अपरान्ह ४ बजेर ५० मिनेटमा पद तथा गोपनीयताको राष्ट्रपति भण्डारीले सपथ ग्रहण गरेकी छन् । 

शीतल निवास महाराजगञ्जमा भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले सपथ खुवाएका हुन् । 


सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिसमक्ष बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । 

शपथ ग्रहण समारोहमा मन्त्रीगण, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र सामाजिक जीवनका लब्ध प्रतिष्ठित महानुभावहरु सहभागी हुनुहुन्थ्यो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!