काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ७ गते बस्ने

Posted on: 16 Apr, 2018

बैशाख ३ काठमाडौँ । २०७४ चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ । बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो । 

वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!