ओलीले पार्टी एकता नभई माओवादीलाई सिध्याउने रणनीति अपनाएको माओवादीको निश्कर्ष

Posted on: 16 Apr, 2018

बैशाख ३, काठमाडौँ | माओवादी र एमालेबीच हुने भनिएको एकताको बिषयलाई लिएर बिभिन्न अड्कलबाज्नी हुँदै गर्दा माओवादीले एकताको बिषयमा नयाँ निष्कर्ष निकालेको छ । माओवादीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सम्मानजनक ढंगबाट पार्टी एकता गर्ने नभएर माओवादीलाई सिध्याउने र आफूसँग विलय गराउने कूटनीति अपनाएको निश्कर्ष निकालेको छ ।

माओवादी नेताहरुले ओली पार्टी एकताको अर्थमा नभई पेलान गर्ने र माओवादीलाई सिध्याइदिने मनस्थितिमा रहेका बताएका छन् । प्रधानमन्त्री ओलीको सरकार सञ्चालनको कार्यशैली बारे असन्तुष्ट भएको माओवादीले ओलीको कार्यशैलीप्रति आपत्ति समेत जनाउँदै आएको थियो । ओलीको कार्यशैलीलाई माओवादी नेताहरुले सतर्क भएर हेरेका छन् ।

ओलीले माओवादीलाई फसाएर आत्मसमर्पण गराउने र सिध्याउने रणनीति लिएको माओवादी नेताहरुको आरोप छ । प्रचण्डलाई अध्यक्ष बनाउने आश्वासन दिएर एकतामा लान आटेका ओलीले माधव नेपाललाई पनि महाधिवेशनपछि पार्टी अध्यक्ष बनाउँने भनेपछि ओली माओवादी नेताहरुको शंकाको घेरामा छन् । 

यसअघि ओली भारत भ्रमणमा रहेका बेला गृहमन्त्रीले माओवादी नेताहरुसँग बैठक राखी ओलीको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका थिए । ओलीले सचिवहरुको सरुवा गर्दा माओवादी निकट मन्त्रीहरुसँग कुनै सरसल्लाह नगरेपछी मनोमानी गरेको माओवादीको आरोप छ । सचिव सरुवा गर्दा माओवादी नेता प्रचण्ड सँग समेत छलफल नगरेपछि माओवादी नेताहरु ओलीको कार्यशैलीलाई संकास्पद रुपमा हेरीरहेका छन् । माओवादी नेताहरुले अहिले पार्टी छुट्टा-छुट्टै हुँदा त ओलीले यस्तो कार्यशैली अपनाउँछन् भने पार्टी एक भएपछी के गर्लान ? भन्दै ओलीको आलोचना गरेका छन् । माओवादी नेताहरुको अनुसार भारतसँग सम्बन्ध सुध्रिएपछि ओली माओवादीलाई पेल्ने मुडमा देखिएका छन् । भारतले सिकाएको पाठलाई अबलम्बन गर्दै ओलीले गरेको ब्यबहार पछिल्लो पटक माओवादीलाई मन परेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!