एमालेद्वारा सुजु र उत्तमलाई पार्टीबाट निस्कासित

Posted on: 21 Apr, 2018

वैशाख ८, बुटवल । गुण्डा नाइके मनोज पुनलाई अपराध कर्ममा सघाएको अभियोगमा पक्राउ परेका सुजु मल्ल र उत्तम आचार्यलाई नेकपा एमाले रुपन्देहीले कारवाही गरेको छ ।

पार्टीको विधान, नीति र सिद्धान्त विपरित क्रियाकलापमा संलग्न भएको भन्दै एमालेले साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको हो ।

युवा संघका केन्द्रीय सदस्य मल्ल ४ दिनअघि काठमाडौंबाट र युवा संघका जिल्ला नेता रहेका आचार्य ५ दिनअघि बुटवलबाट पक्राउ परेका थिए । उनीहरु दुबै जनाले मनोज पुनको आपराधिक गतिविधिमा संलग्न भएको अभियोग छ ।

पार्टीले अपराधविरुद्ध जस्तोसुकै कदम उठाउन र अनुसन्धानमा प्रहरी प्रशासनलाई सहयोग गर्न पार्टी सधैं तयार रहेको एमाले रुपन्देहीका अध्यक्ष शिव सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!