काँग्रेस मुख्यालयमा नेविसंघ विधिवत महाधिवेशन पक्षधरले गर्यो प्रदर्शन

Posted on: 23 Apr, 2018

वैशाख १० काठमाडौं | नेविसंघका नेता कार्यकर्ताले  पार्टी कार्यालयमा विरोध प्रदर्शन गरेका छन् | सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चलिरहँदा नेविसंघका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । 


आज नेविसंघ महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर धर्ना र प्रर्दशन गरेका हुन् । धर्ना र प्रर्दशनपछि सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाइएको थियो । 

 ज्ञापनपत्र बुझ्दै सभापति  देउवाले नेविसंघको मागलाई गम्भीरता पूर्वक लिएर कार्यान्वयन गर्ने बताएका छन्।


सो अघि नेविसंघका कार्यकर्ताले  सभापति  देउवाको कार्यशैलीका कारण पार्टी चुनावमा पराजित र कमजोर  हुन पुगेको, नेविसंघका अध्यक्षले पनि संगठन स्वेच्छाचारी ढंगले चलाएको लगायतका आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए । 

उनीहरुले विधान विरोधी नेविसंघ नेतृत्वलाई पार्टीले संरक्षण बन्द गर्नुपर्ने, संगठनलाई पारदर्शी बनाउन तत्काल  महाधिवेशनको मिति तोकिनुपर्ने लगायतका माग समेत गरेका थिए । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले  अध्यक्ष नैनसिंह महरले  विधानको धज्जी उठाउँदै टीकेप्रथा कायम गरेको भन्दै त्यसलाई खारेज गरी विधिसम्मत ढंगले संगठन चलाउँदै तत्काल १२ औं महाधिवेशनको मिति घोषणा गर्न दवाव दिने उद्देयले नेतृत्वलाई ज्ञापनपत्र बुझाइएको बताए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!