काँग्रेस महामन्त्री कोइराला डिस्चार्ज, तर कोरोना मुक्त भएका छैनन्

Posted on: 19 Sep, 2020

असोज ३, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २३ गते गरिएको परीक्षणमा कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार साँझ ओम अस्पताल भर्ना गरिएको थियो । कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझबाट प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा उपचार गरिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि शनिबार उनि डिस्चार्ज भएका हुन् । यद्यपि उनको शुक्रबार (हिजो) गरिएको पिसिआर रिपोर्ट भने पोजेटिभ नै आएको छ । 

कोइरालालाई एक हप्ता होम आइसोलेशनमा बस्ने गरी हस्पिटलले डिस्चार्ज गरेको छ । अब उनको एक हप्तापछि पुन: पिसिआर परीक्षण हुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!