कोरोना संक्रमित राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना, आईसीयूमा उपचार हुँदै

Posted on: 17 Oct, 2020

कात्तिक १, काठमाडौ । राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् ।

थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएवपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!