यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु (सूचीसहित)

Posted on: 19 Oct, 2020

कात्तिक ४, काठमाडौं | सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले असोज २६ र २९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक गरेका छन्।

जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । 

मन्त्रिपरिषद बैठकले सार्वजनिक सवारी साधनमा चैत ११ गतेअघिको भाडा लागू हुने भएको छ । अर्थात सिट क्षमताभन्दा मात्रै यात्रु राख्न पाउने व्यवस्था गरिँदा तोकिएको ५० प्रतिशत बढी भाडादरको व्यवस्था खारेज भएको छ । सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।

त्यस्तै मन्त्रिपरिषद बैठकले विभिन्न सचिवहरुको सरुवा समेत गरेको छ । नेपाल प्रवेशका लागि सीमा क्षेत्रहरु तोकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ ।

यस्ता छन् निर्णयहरू


यस बिषयमा तपाइको प्रतिक्रिया...!