राष्ट्रपतिले जारी गरिन (तेस्रो संशोधन) औषधि अध्यादेश

Posted on: 18 Nov, 2020

मङ्सिर ३, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन्  | बुधबार मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ |

राष्ट्रपति कार्यालयका प्रवक्ता केशव प्रसाद घिमिरेले बुधबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बममोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेको उल्लेख गरिएको छ | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!