प्रधानमन्त्री ओलीद्वारा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

Posted on: 22 Nov, 2020

मंसिर ७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई छलफलका लागि बालुवाटार बोलाएका छन् | आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएका हुन् |

सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा छलफल भयो भन्ने सार्वजनिक गरिएको छैन | प्रधानमन्त्रीको सचिवालयले यसलाई नियमित प्रक्रिया भएको जानकारी गराएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!