प्रचण्ड भेट्न चिनियाँ राजदूत खुमलटारमा

Posted on: 23 Nov, 2020

मंसिर ८, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ | नेकपाभित्र आन्तरिक विवाद बढ्दै गएका बेला सोमबार  यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन् |

करिब आधा घण्टा छलफल भएको छलफलमा चीनका राष्ट्रपति सी जिनपिङको किताब हस्तान्तरण, चाडबाडको शुभकामना आदान-प्रदान र चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको अन्तरसम्बन्ध र त्यसको पछिल्लो आयामबारे कुराकानी भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए |

भेट सामान्य र शिष्टाचार भएको उनको भनाइ छ | पार्टीभित्रको विवादबारे प्रवेश नै नभएको उनको दाबि छ | नेकपाभित्रको आन्तरिक विवाद चुलिदै गएका बेला राजदूत यान्छीले सक्रियता बढाएकी हुन् |

यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिसकेकी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!