नेपाल भारत सम्बन्धलाई कसरी अगाडी बढाउने भन्ने छलफल गर्छु : विदेश सचिव श्रृंगला

Posted on: 26 Nov, 2020

मंसिर ११, काठमाडौं | नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देश बिचको सम्बन्धलाइ कसरी अगाडी बढाउने भन्ने बारे छलफल हुने बताएका छन् | बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू यसअघि पनि काठमाडौँ आएको बताउंदै खुसि लागेको बताएका हुन् |

उनी विदेशी सचिवको रुपमा पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् | उनले नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावालीसंग पनि भेटवार्ता हुने बताए | सचिव श्रृंगलाले अघि भने, "नेपाल भारत निकटम मित्र हो,हामि दुई देशबीचको सम्बन्धलाई कसरी अघि बढाउने भन्ने छलफल गर्ने छौ |"

दुई दिने नेपाल भ्रमणमा रहेका श्रृंगला उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!