प्रधानमन्त्री ओली भेट्न भारतीय विदेश सचिव श्रींगला बालुवाटार पुगे

Posted on: 26 Nov, 2020

मंसिर ११, काठमाडौँ | भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गरेका छन् | बिहिबार साँझ बालुवाटारमा श्रींगलाले ओलीसंग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए |

दुई दिने नेपाल भ्रमणमा आएका श्रींगला मनाङ र गोरखा समेत जाने कार्यक्रम रहेको छ | यसअघि उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसंग सिंहदरवारमा शिष्टाचार भेट गरेका थिए | मन्त्रीसंगको भेटमा उनले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेका थिए भने,कोरोनाभाइरसको खोप आउनेबितिक्कै नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् |

त्यस्तै आजै नेपाल र भारतबिच सचिव स्तरीयबैठक पनि सम्पन्न भएको छ | हर्षवर्धन विदेश सचिव भएपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् | उनको भ्रमणले नेपाल-भारत सम्बन्धमा थप सुधार हुने विश्वास लिइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!