नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना

Posted on: 27 Nov, 2020

मंसिर १२, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता  रघुजी पन्त अस्पताल भर्ना भएका छन् | पेटसम्बन्धी समस्याका कारण उनी  अस्पताल भर्ना भएका हुन् |

बिहीबार काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए |

पन्तको अवस्था सामान्य रहेको र एकसाता अस्पतालमै आराम गर्न पन्तलाई चिकित्सकले सुझाव दिएका छन् | उनी नेकपा स्थायी कमिटी सदस्य हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!