सरकारविरुद्ध प्रदेश नं. २ का मन्त्रीद्वारा सर्वोच्चमा रिट

Posted on: 03 Dec, 2020

मंसिर १८, काठमाडौँ | संघीय सरकारविरुद्ध प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले सर्वोच्च अदालतमा रिट  दायर गरेका छन् | ओली सरकारले  संघीयताको मर्म विपरित कार्य गरेको भन्दै उनले रिट दायर गरेका हुन् |

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेरको मन्त्री जितेन्द्र प्रसाद सोनालले बताए | उनी जनता समाजवादी पार्टीका नेता हुन् । प्रदेश नं. दुई सरकारले संघीय सरकारको शैलीबिरुद्ध पटक–पटक असहमति राख्दै आएको छ |

ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको प्रदेश सरकारहरुको गुनासो छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!