प्रचण्ड भेट्न ईश्वर पोखरेल खुमलटार पुगे,के भयो छलफल ?

Posted on: 04 Dec, 2020

मंसिर १९, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ उपप्रधानमन्त्री ईश्वर पोखरेल भेटेका छन् | शुक्रबार बिहान प्रचण्डलाई भेट्न पोख्रेल खुमलटार पुगेका हुन् |

प्रचण्डसंगको भेटमा पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ | यसअघि हिजो महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई छुट्टाछुट्टै भेटेका थिए |

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए | भने, जवाफमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गते ३८ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए |

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन् | तर ओली पक्षका नेताहरुले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!