अनेरास्ववियुले भन्यो,‘ओली र जी न्युजले माफी माग्नुपर्छ’

Posted on: 13 Jan, 2021

पुस २९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले बालुवाटारमा बोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालको राष्ट्रियता माथि आपतिजनक रिपोर्ट प्रशारण गरेको भन्दै जी न्युजले माफी पर्ने बताएको छ | 

सुधिरले सगरमाथामाथि अत्यन्तै आधारहीन र  कपोकल्पित ढंगले  दावी पेश गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुले आपत्ति जनाएको हो | नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषवमन गर्दै आएको जी न्युजलाई प्रधानमन्त्रीस्तरबाटै  बालुवाटारमा स्वागत गरिएको परिघटनाले  थप आशंकित र आक्रोशित तुल्याएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ | 

अनेरास्ववियुले चौधरी र उनको संचारसंस्थालाई भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले पनि माफी माग्नुपर्ने बताएका छन् ।  ‘संविधान लत्याएर  प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा  राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र सांठगांठ  नगर्न चेतावनी दिन चाहन्छौं । यसका साथै प्रधानमन्त्री ओलीलाई चौधरीसँगको भेटवारे तत्काल जनतालाई स्पष्ट पार्न, आइन्दा त्यस्ता कुटनीतिक मर्यादा विपरितका भेटघाट  नगर्न र  यसअघि गरेको कुटनीतिक मर्यादा विपरितका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न जोडदार माग गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!