विप्लव समूह द्वारा नेपाल बन्द सहित संघर्षका कार्यक्रम सार्वजनिक

Posted on: 14 Jan, 2021

माघ १, काठमाडौं | सरकार द्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्तुनिष्ट पार्टी  ‘विप्लव’ समूहले पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ |

बिहिबार एक विज्ञप्ति जारी गर्दै  उक्त समुहले नेपाल बन्दसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेका गरेको हो | पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पक्राउ परेको विरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ |

माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम गर्ने विप्लव समूहले जनाएको छ |

विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु विवेक र विशालाई नियन्त्रणमा लिएको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताएको छ | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!