भीम रावलमाथि ओलीको आलोचना : ‘डा लेखेका छन्, डा केमा लेखेका हुन् थाहा छैन। के विषयको डा हो ?'

Posted on: 21 Jan, 2021

माघ ८, काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहका नेता भीम रावलको आलोचना गरेका छन्। उनले नाम उल्लेख नगरिकन भिम रावल तर्फ संकेत गर्दै भर्खर-भर्खर डा. लेख्न थालेकाले भाषण गरेर -'केपी ओलीले महिलाको किड्नी राखेका कारण दिमाग खुस्कियो' भन्दै आलोचना गरे । बिहिबार प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै ओलीले तथ्यहीन एक समाचारको सन्दर्भ लिँदै भीम रावलको आलोचना गरेका हुन ।

 'भर्खर-भर्खर डा. लेख्न थालेकाले अस्ति भाषण गरे' उनले भने, 'केपी ओलीले महिलाको किड्नी राखेको, त्यसकारण दिमाग खुस्कियो। महिलामाथि कत्रो अपमान।’ ओलीले भीम रावलको पिएडी उपाधीको समेत आलोचना गरेका छन्। 

‘डा लेखेका छन्, डा केमा लेखेका हुन् थाहा छैन। के विषयको डा हो, थाहा छैन। डा लेखेको छ तर केपी ओलीको दिमागले काम गर्दैन। किनभने किड्नीचाहिँ महिलाको राखेको छ रे’ ओलीले भने, ‘महिलाको किड्नीले काम गर्दैन भनेपछि, महिलाको त दिमागले झन्, मैले एउटा किड्नी राख्दा त काम गरेन भने दुइटै किड्नी भएका महिलाको दिमागले त काम गर्ने कुरै भएन। यो खालको, बुद्धिचाहिँ कहाँ छ भने डा लेखेर के गर्ने, कुन डा हो, कुन डा, केको डा हो, केको डा ?'

यसअघि भिम रावलले महिलाको किड्नी हालेकाले केपी ओलीको दिमाग बिग्रिएको भन्दै अभिव्यक्ति दिएको समाचार सार्वजनिक भएका थिए । नेता रावलले उक्त समाचार तथ्यहीन र झुटो भएको भदै आपत्ति जनाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!