संसद विघटन गर्ने तानाशाह लाई जनताले छुट दिने छैनन् : प्रचण्ड

Posted on: 22 Jan, 2021

माघ ९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह भएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित विशाल प्रदर्शन सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

उनले ओली तानाशाही भएको बताउंदै तानाशाहलाई जनताले छुट नदिने बताएका छन् । 'संसद विघटन गर्ने तानाशाह लाई जनताले छुट दिने छैनन्' उनले भने,'हामीले केपी ओलीलाई तिन बर्षसम्म तह लगाउँ सकेनौ' उनले ओलिलाई प्रधानमन्त्री नदिएको भए पार्टी एकता पनि नहुने उलीख गरे । 

केपी ओलीले एउटा पनि काम नगरेको उनको आरोप छ । ओलीले प्रधानमन्त्री चाहेको तर आफूले सामाजिक न्याय, र बेरोजगारी अन्त्य चाहेको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!