नेकपा दाहाल-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

Posted on: 23 Jan, 2021

माघ १०, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने जानकारी दिएका हुन् ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यबीचमा पार्टीको ९ गतेको विरोधसभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको उनको भनाइ छ ।

उनले आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!