केपी ओलीलाई पार्टीबाटै निष्कासन गर्दै प्रचण्ड–माधव पक्ष

Posted on: 23 Jan, 2021

माघ १०, काठमाडौं । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने नेकपा प्रचण्ड–माधव पक्षले  तयारी गरेको छ । प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ । 

प्रचण्ड–माधव पक्षले पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको जनाएको छ । 

नेकपा दाहाल-नेपाल समूहले आइतबार बस्ने स्थायी समिति बैठकबाट ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्नेछ । नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो १२ बजे पार्टी कार्यालय कोटेश्वरमा बोलाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!